
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चारमाध्यमहरुले त्यसलाई नै मुख्य समाचार बनाएको बताए ।
एक कार्यक्रममा बोल्दै ओलीले समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने माग्ने गरेको उनले बताए । उनले भने, ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ।’’
