Monday, April 20News That Matters

प्रधानमन्त्री थ्री नेसन्स कप : भुटानविरुद्धको खेलमा लाओस विजयी

पूर्णपुष्टि,चैत्र १२ । प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको रंगशालामा लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमा बोउनकोङको लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए।

प्रतियोगिताको निर्धारित समय कुनै गोल हुन सकेन । एक गोलले अगाढि रहेको लाओस विजयी भएको थियो । समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन् । पहिलो खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो।