Saturday, May 16News That Matters

प्रम अस्पतालबाट डिस्चार्ज

पूर्णपुष्टि, फागुन ३०। 

मिर्गौला प्रत्यारोपणको १० औं दिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा अाेली अाज अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ ।
उहाको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । १९ गते फागुनमा अस्पताल भर्ना हुनुभएकाे थियाे । प्रत्यारोपणपछि अस्पतालमै बसेर उपचार तथा स्वास्थ्य रेखदेख गर्दै अाउनु भएकाे थियाे । स्वास्थ्य लाभ गरिरहनु भएकाे उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि शुक्रबारै बालुवाटारस्थित निवासमा फर्किनु भएकाे थियाे ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबारै डिस्चार्ज भइसक्नु भएकाे छ ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गरिएकाे जनाउनुभयाे । प्रम अाेलीले अझैपनि अाराम गर्नुपर्नेछ ।