Sunday, June 28News That Matters

प्रम ओलीले मन्त्रीहरुसँग छलफल गर्दै

पूर्णपुष्टि, असार १७

हिजो बसेको पार्टी स्थायी कमिटी बैठकमा केहि शिर्ष नेताहरुले राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुसँग छलफलमा जुट्नु भएको छ ।

प्रम ओलीले अहिले मन्त्रीहरुसँग बालुवाटारमा छलफल गर्दै हुनुहुन्छ । पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग परामर्श गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन असफल भएको भन्दै बैठकमा शीर्षसहित अरु धेरै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेको थियो । उनीहरुले प्रधानमन्त्रीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।

हिजोको बैठकमा कोरोना भाइरसविरुद्ध सरकारले गरेका काम र सीमा अतिक्रमणको विषयमा बोल्ने कार्यसूची रहे पनि त्यो विषयमा छलफल हुन सकेन ।

स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।