Sunday, May 17News That Matters

प्रमुख प्रशासकीय अधिकृत जयसवाल सहित तिन जना प्रहरीको फन्दामा

पूर्णपुष्टि, फागुन ३

बिरगन्ज स्थित बाराका एक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनालाई किर्ते हस्ताक्षमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

किर्ते हस्तक्षर गरी म्याईन्युट तयार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना अधिकृत जितेन्द्र प्रसाद यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ किर्ते हस्तक्षर गरी माइन्युट तयार पारेको आरोमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

योजना अधिकृत यादव र लेखा अधिकृत चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो भने प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई प्रहरीले आइतबारदेखि नियन्त्रणमा राखेको छ । नगर प्रमुख विजय शंकर यादवसँग यसअघि नै बयान लिइसकिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका प्रमुख प्रशासकीय अधिकृतसँग यसबारे जानकारी लिन मोबाइलमा सम्पर्क गर्दा पत्रकारको परिचय दिने बित्तिकै फोन काटेर स्वीच अफ गरिदिएका छन् ।

वडा सदस्य कपिलदेव प्रसाद साह लगायत ५ जना नगर सभा सदस्यले ०७७ असार ८ गते सम्पन्न नगर सभामा आफूहरुको हस्ताक्षर किर्ते गरेको आरोप लगाउँदै मुद्धा दर्ता गराएका थिए । तर फरेन्सिक ल्याबमा पाँचै जनाको हस्ताक्षर जाँच गराउँदा एक जनाको मात्रै किर्ते भएको पाइएको स्रोतले जनाएको छ । त्यसैलाई आधार मानेर प्रहरीले मुद्दा अदालतमा पेस गर्ने तयारी गरिरहेको छ ।

उनीहरु विरुद्ध किर्ते हस्ताक्षर मुद्धामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनभयो ।