Thursday, May 7News That Matters

प्रसारणमा उपयुक्त भएन नेपाली स्याटेलाइट

असोज ११ गते ।

नेपालले ३० अर्व खर्च गेर राख्न लागेको कम्यूनिकेसन स्याटेलाईट प्रसारकहरुका लागि उपयुक्त नहुने देखिएको छ । उक्त स्याटेलाईट अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको थियो ।

अहिले नेपालमा करिब ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान गरको छ । त्यसमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्दछ ।

नेपालमा डिसहोमले राख्न लागेको स्लटको स्याटेलाइट उपयुक्त नहुने जनाएको छ । डिसहोमका अनुसार सरकारले राखेको स्याटेलाइट प्रयोग गर्छौँ ।

सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट प्रविधिक रुपमा उपयुक्त नभएको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए । यसबारे मन्त्रालयलाई जानकारी गराउनुका साथै प्राविधिक विषयहरु प्रस्ट पार्न अनुरोधसमेत गरेका उनले बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।