
माघ १५ गते ।
बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पाकेटमारलाई प्रहरीले पक्राउ गरेका छन् । पाकेटमाहरुलाई ११ हजार रुपैयाँसहित महानगरीय प्रहरी वृत्त थिमिका टोलीले मङ्गलबार पक्राउ गरेका हुुन् ।
धनकुटा सागुरीगढी गाउँपालिका–७ स्थायी घर भई हाल ललितपुर ठैब बस्दै आएका २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ स्थायी घर भई हाल ललितपुर गोदावरी बस्दै आएका २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ स्थायी घर भई हाल ललितपुर ठैब बस्दै आएका २० वर्षीय रुविन कठायतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट दुवाकोटतर्फ जाँदै गरेको बसमा सवार एक महिलाको ब्यागबाट पाकेट मारेर मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा भाग्दै गर्दा प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
