
उदयपुर, कात्तिक ८ गते ।
प्रहरीले अवैध रुपमा लगाएको र आफै उम्रिएको गाँजा फडानी गरी नष्ट गरेको छ । बेलका नगरपालिकाको विभिन्न गाउँको कबिर ९ विघा जग्गा क्षेत्रफलको १३ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र सशस्त्र प्रहरी बल रामपुर ठोक्सिलाबाट खटेका संयुक्त प्रहरी टोलीले बेनपा–७ को मैनामैनी, पाखाबुवा, कान्चिराङ, बेसिटोल, योङहाङ्ग लगायतका विभिन्न गाउँ टोलमा अवैध रुपमा लगाएको र आफै उम्रिएको गाँजा फडानी गरी जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ ।
पालिकाको पहाडी भेगको करिब ९ विघा जग्गामा लगाएका र आफै उम्रिएका करिब १३ हजार बोट गाँजा प्रहरीले फडानी गरेर जलाई नष्ट गरेको प्रहरीले जनाएको छ । यस वर्षको दशैँ र तिहारको विचमा मात्रै जिल्लाको पश्मिको ताप्लि र पूर्वको बेलकामा करिब २१ हजार ३५ बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।
