
पूर्णपुष्टि, असार ३१
प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ । गतराती घरेलु मैदानमा भएको खेलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पछि पार्दै जित हात पारेको हो ।
पहिलो हाफको ईन्जुरी समयमा जिराउडले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठूलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।
२ खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफूलाई थप सुरक्षित गरेको छ ।
चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौं स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।
