
पूर्णपुष्टि, असार १२
इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले हात पारेको छ । गतराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले १÷१ गोल गरे । सिटीका केभिन डी ब्रुयनले १ गोल फर्काए ।
लिभरपुललाई यस सिजन उपाधिका लागि १ जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो ।
चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।
