Friday, May 22News That Matters

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

पूर्णपुष्टि, असोज ९ 

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनुभएको छ ।

कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ । यसअघि किशोर श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाउनुभएको थियो ।

श्रेष्ठको पदावधि आउँदो १२ गते सकिँदैछ ।