Saturday, May 16News That Matters

प्रेस संगठनकाे प्रदेश कमिटिले सपथ ग्रहण

पूर्णपुष्टि, फागुन १७ ।

तत्कालिन प्रेस चाैतारी र प्रेस सेन्टरबीच एकतापछि बनेकाे प्रेस संगठनकाे १ नं. प्रदेश कमिटिले शनिबार इटहरीमा सपथ लिएकाे छ । नेपाल सरकारकाे उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेल, १ नं. प्रदेशकाे मुख्यमन्त्री शेरधन राइकाे विशेष उपस्थितिमा सपथ ग्रहण कार्यक्रम भएकाे हाे ।

प्रदेश अन्तर्गतका १४ जिल्लाकै प्रदेश सदस्यहरू उपस्थित भइ सपथ लिएका थिए । कार्यक्रममा नेकपा पाटीर्का तथा  प्रेस संगठनका विभिन्न नेताहरूकाे उपस्थिति थियाे । इटहरीकाे दुर्गा पार्टी प्यालेसमा भएकाे कार्यक्रममा भेलासंगै प्रशिक्षणात्मक कार्यक्रमसमेत भएकाे थियाे ।

तस्विरहरू :