Saturday, August 8News That Matters

फरार भैैँसी चोेर २४ बर्षपछि पक्राउ

पूर्णपुष्टि, पुष २७ 

सप्तरीमा एक जना फरार भैँसी चोर २४ बर्षपछि पक्राउ परेको छ । कंचनरुप नगरपालिका–४ पिप्रापूर्वका ५० बर्षीय लक्ष्मण सरदार २४ वर्षपछि पक्राउ परेका हो ।

स्थानीय भरतलाल बहरखेरको भैँसी सरदारले २०५३ साल माघ २९ गते चोरेका थिए । अदालतले त्यस मुद्दामा २०७१ साल असार ५ गते १ महिना कैद र ३७ हजार रुपैयाँ जरिमाना तिर्ने फैसला सुनाएको थियो ।

सरदार अदालतको फैसलापछि फरार रहेका थिए । फरार सरदारलाई उनको घरबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका सरदारलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तान गर्न राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।