Tuesday, June 23News That Matters

फेरी बझाङ र पर्वतमा सलहको केही झुण्ड देखियो

पूर्णपुष्टि, साउन २२

फेरी बझाङ र पर्वतमा सलहको केही झुण्ड देखा परेको छ । धेरै दिनपछि बुधबार बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा सलहको झुण्ड देखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सलहले बझाङको केही ठाउँमा बालीनालीमा सामान्य क्षति गरेको जनाईएको छ  । तर झुण्ड तितरबितर भएर सानो सङ्ख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना नरहेको जनाईएको छ । नेपालमा लगातार जस्तै पानी परेकाले धेरैजसो सलह मरेका थिए ।

पानी परेको बेला निस्क्रिय भएर जङ्गलमा बसेका झुण्ड हिजो र अस्ति घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने केन्द्रको अनुमान छ । यसैबीच सीमावर्ती भारतमा रहेका सलहका झुण्ड भने तत्काल नेपाल आउने सम्भावना नरहेको जनाईएको छ ।

अहिले तत्काल आउने सम्भावना नदेखिए पनि ढुक्क भएर भने बस्न नहुने जनाएको छ । अझै एक महिनाजति सलह छिर्नसक्ने जोखिम कायमै रहेकाले ख्याल गर्न आग्रह गरेको छ ।