Saturday, June 13News That Matters

फोनमा आफ्नै नामको सिम र सेट अनिवार्य हुनुपर्ने

पूर्णपुष्टि,माघ २५ । नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि मोबाइल सेट चल्न र त्यस भित्रका सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने नयाँ व्यवस्था लागू हुने भएको छ । बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यो व्यवस्था लागू गर्न आवश्यक कार्य अघि बढाइरहेको प्राधिकरणका उप–निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए।

कार्यक्रममा लाई सम्बोधन गर्दै उप–निर्देशक मिश्रले जसको नाममा सिम र सेट छ त्यो फोन चल्नुपर्छ भन्ने हो। एकै व्यक्तिको नाममा नभए त्यो फोन मात्रै एउटा बट्टा हुनेछ, यसको लागि एमडिएमएस प्रणाली लागू हुनु आवश्यक छ । साथै व्यक्तिको केवाइसी पनि अपडेट पर्ने बताए ।

केवाइसी भर्न कुनै पनि व्यक्तिलाई आफ्नै नामको सिम आवश्यक पर्छ। त्यस्तै एमडिएमएस प्रणालीमा फोन सेट दर्ता भएपछि फोन कसको नाममा छ भन्ने खुल्छ । सिम र सेट फरक–फरक व्यक्तिको नाममा भए त्यो फोन चल्दैन ।