
पूर्णपुष्टि, कात्तिक २९
फ्रान्समा कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म जारी रहने भएको छ ।
लकडाउनको अवधिमा तोकिएको समय भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सञ्चालन गर्न नपाइने फ्रन्स सरकारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
केही समयअघि फ्रान्सको सरकारले सङ्क्रमितहरु पहिलेको तुलनामा निकैनै बढ्न थालेपछि लकडाउन गरेको हो । पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकैनै रहेको देखिएको छ । फ्रान्समा पछिल्लो हप्ताको तथ्याङ्क हेर्दा हरेक दिन कम्तीमा पनि पाँच सय जनाको मृत्यु हुने गरेको छ भने दैनिक हजारौँ जना सङ्क्रमितहरु थपिने गरेको जनाईएको छ ।
