
पूर्णपुष्टि, चैत १४
बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भएको छ ।
बंगलादेशमा मोदीको भ्रमणको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाको मृत्यु भईसकेको छ । झडपमा धेरै पत्रकारहरू घाइते भएका छन् ।
चटगांवमा पुलिस र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चार जना घाइतेलाई अस्पताल लगिएको र उनीहरूको अस्पतालमै मृत्यु भएको जनाईएको छ ।
भारतीय प्रधानमन्त्री मोदी बंगलादेशको दुई दिने भ्रमणका लागि हिजो ढाका जानुभएको थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा ढाकामा विरोध प्रदर्शन भएको थियो ।
