
पूर्णपुष्टि,चैत्र ६ । बर्दियाको मधुवन नगरपालिका–५,मा बाघको आक्रमणबाट घाँस दाउँरा गर्न गएकी दिदी बहिनीको मृत्यु भएको छ । सोमबार मधुवन नगरपालिका–५, की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बताएको छ ।
परिवारको सदस्यका अनुसार उनीहरु स्थानीय चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न भनेर बिहान साढे ११ बजे घरबाट निस्किएका थिए । घस काट्न भनेर हिनेका उनीहरु लामो समयसम्म पनि घर नर्फकिएपछि स्थानीयहरु खोजी कार्यमा जुटेका थिए । परिवारले खोजी कार्य गर्दा कतै पत्ता नलागे पछि स्थानीय प्रहरीलाई खबर गरी स्थानीय र वनका पदाधिकारीहरु भै खोजीमा गएका थिए । खोजी गर्ने क्रममा सुरूमा समुद्राको शव फेला परेको र त्यसको झन्डै दुई सय मिटर टाढा धनसरीको शव फेला परेको एसपी शाहीले बताए।
समुद्राको घाँटीमा बाघले आक्रमण गरेको पञ्जा देखिए पनि उनको शरिरको अन्य भागमा कुनै चोट पटक लागेको छैन। धनसरीको बाँया पट्टीको हात पाखुरादेखि कुहिनासम्म खाएको अवस्थामा फेला परेको एसपी शाहीले बताए ।
दुबैको शव संकलन पछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ।
