Thursday, June 18News That Matters

बलात्कार आरोपी पक्राउ गर्न गएको प्रहरीमाथि स्थानियको आक्रमण

पूर्णपुष्टि,बैशाख २५ । कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानियले आक्रमण गरेको छ । पलाँता गाउँपालिका–६ सैनमा ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी सहायक निरीक्षक ९असई० नेतृत्वको प्रहरी टोलीमाथि आरोपितका आफन्तले आक्रमण गरेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले सोमबार विहान ४ बजेतिर बुढालाई पक्राउ गरी साढे ६ प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण गरेको जानकारी दिए । उनका अनुसार बलात्कार आरोपि बुढा हतकडीसहित फरार भएको र खोजीको लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको छ ।

आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरिक्षक (असई) लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाईतेहरुको अवस्था समान्य रहेको र उनिहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।