Tuesday, June 2News That Matters

बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु

बैशाख ४

बाँकेको रोहिनी खोला नजिकै बस र टिपर ठोकिदा पाँच जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर नगरपालिकाको रोहिनी खोला नजिकै बस र टिपर ठोक्किदा पाँच जनाको मृत्यु भएको हो भने ३० भन्दा बढी घाइते भएका छन्  ।

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट कोहलपुरका लागि छुटेको टिपर शुक्रवार बेलुकी एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमा र अन्यको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपर चालक कोहलपुर–३ का खगेन्द्र सुनार, सहचालक कोहलपु–११ का उदय बाठा, नेपाली सेनाका जमदार सुर्खेतको साटाखानिका जीवन विक, झापा मेचीनगर–१० का छत्रबहादुर कटुवाल र सनाखत हुन नसकेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा ३९ जना यात्रु रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको शिक्षण अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।