Monday, April 20News That Matters

बसको ठक्करबाट पैदल यात्री कमला रेग्मीको ज्यान गयो

पूर्णपुष्टि, पुष ११
पश्चिम नवलपरासिमा बसको ठक्करबाट ३५ वर्षीया कमला रेग्मीको ज्यान गएको छ । बाटोमा हिडिरहेको अवस्थामा बसले ४ जनालाई ठक्कर दिँएको थियो । अन्य तीन जना घाईते हुँदा रेग्मीको भने ज्यान गएको हो । रामग्राम नगरपालिका–३ परासीकी ३५ वर्षीया रेग्मीको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना घाईते पनि उपचार भईरहेको छ ।
आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका–१ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो ।