
पूर्णपुष्टि, असोज १७
बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।
राजकुमारसहितको टोलीले बिहान ८ः५० बजे सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।
सोलुखुम्बुमा रहेको लुबुचे हिमाल ६ हजार १ सय १९ मिटर अग्लो रहेको छ । नेपालमा सन् २०२० को यो पहिलो हिमाल आरोहण हो ।
१५ जना बहराइनी र तीन जना बेलायतीसहित भदौ ३१ गते काठमाण्डौ आएको टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको पनि अनुमति पाएको छ ।

