
पूर्णपुष्टि, भदौ २
बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उप–महानगरपालिका–५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज शिक्षण अस्पतालमा गतराति उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो आएपछि उपचारका लागि साउन ३२ गते शिक्षण अस्पतालमा भर्ना गरिएका ती व्यक्तिमा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
उनको सोमबार नै कोरोना पुष्टि भएको थियो । बाँकेमा यसअघि नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जना गरी तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।
