
भदौ ३ गते ।
राप्ती नदीमा आएको बाढीले विस्थापित भएका वासन्दिहरुको आश्रय स्थल बन क्षेत्र बन्दै गएको छ । वर्षेनी विस्थापित भएका पिडितहरुले अहिले सम्म करिब ८ हजार हेक्टर वन अतिक्राण भईसकेको हो ।
बाँकेमा अहिले हरेक वर्ष विपद् व्यवस्थापनका नाममा ८ हजार १ सय ६६ हेक्टर वन अतिक्रमण भएको वन डिभिजन कार्यालयको तथ्याङ्कको तथ्याङले देखाएको छ ।
वन क्षेत्र अतिक्रमण गरेर बसेका ४ हजार ३४ घरधुरीले बसोबास छाड्न मानेका छैन । बाढीपीडितले शुरुमा अस्थायी बस्ती बसाल्दै आए पनि पछि छाड्न नमान्ने गरेको कार्यालयले जनाएको छ । आश्रय लिएका वन क्षेत्र खालि गराएपनि फेरी बस्न थालेका छन् भने कतिपयले बस्ती छाड्न नमान्दा बल प्रयोग गर्नु पर्ने बाध्यता आएको जनाईएको छ ।
