
पूर्णपुष्टि, चैत्र ४
डोल्पामा डोजर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ रुम गाउँ नजिकै काम गर्दै गरेको डोजर दुर्घटना भएको हो । एकको मुत्यु हुनुका साथै अर्को एक घाइते भएको छ ।
सुलिगार्ड–फोक्सुण्डो सडकखण्डमा बाटो खन्ने क्रममा बुधबार बिहान करिब ६ बजे डोजर दुर्घटना हुँदा जाजरकोटको नलगाड नगरपालिका–११ का १७ वर्षीय हेमराज सिंहको मृत्यु भएको हो ।
दुर्घटनामा त्रिपुरासुन्दरी–११ का १५ वर्षीय एकराज बुढा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो । उनको हात खुट्टामा चोट लागेको छ । एकराजलाई उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको डीएसपी पाण्डेले बताउनुभयो ।
