
बैशाख ५
गृहमन्त्री रामबहादुर थापा (बादल)को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । संसद सचिवालयले आज सूचना जारी गर्दै थापाको पद रिक्त भएको जनाएको हो ।
यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएको थियो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि थापाले एमाले रोज्नुभएको थियो ।
थापाको सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्न उहाँले संविधानअनुसार सपथ लिनुपर्छ । यसअघि माओवादी केन्द्रको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको थियो ।

