
पूर्णपुष्टि, असार २२
त्रियुगा नगरपालिका वडा नं १३ ले बालमैत्री वडा घोषणाका लागि पहल थालेको छ । बालबालिका तथा सम्बन्धित क्षेत्रहरु सँग वडाले २ दिने प्रशिक्षण तालिमको आयोजना गरी वडामा बालमैत्री वडा हुनका लागि चाहिने आवश्यक तथ्याङहरु संकलन गरिरहेको छ ।
त्रियुगा नगरपालिकाले बालमैत्री स्थानीय शासन र बाल संरक्षण कार्यविधि २०६५ लाई पास गरे सँगै १६ ओटै वडामा बालमैत्री स्थानीय शासन लागु हुने पर्ने भन्दै १३ नं वडाले यसको पहल सुरु गरेको हो । बालमैत्री स्थानीय शासन र बाल संरक्षण कार्यक्रम अन्तर्गत पर्ने बालबालिकाहरुका लागि बालमैत्री लगानी योजना पनि एक मुख्य कार्यक्रम रहेको भन्दै वडाले यसै सम्बन्धि २ दिने तालिमको आयोजना गरेको वडा सचिव भिमा राईले बताउनुभयो ।
बालमैत्री स्थानीय वडाका लागि बालबालिकाहरु सँग सम्बन्धि सबै क्षेत्रहरुले ८० देखि १०० सम्म बिभिन्न आवश्यक काम र कार्यविधिहरु पुरा गरेको हुनु पर्ने तालिममा छलफल भएको छ ।
जस्तै बालबालिकाहरु रहने क्षेत्र शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, बाल समूह, स्कुल बाल समूह, अविभावक, टोलविकास संस्था लगायत सबै क्षेत्रले बामैत्री वडाका लागि आधारहरु पुरा गर्नु पर्ने बिषयमा छलफल भएको हो ।
दुईदिने छलफलमा परिणाम आउने गरी तालिम बुधबार समापन हुने सचिव राईले बताउनुभयो । त्यस पश्चात बालमैत्री वडा घोषणाको लागि तयारी गर्ने राईको भनाई छ ।
बालमैत्री वडाका लागि वडाभित्र बालबालिकाहरुको खानपान, शिक्षा, स्वास्थ्य, सेवा सुविधा, स्तनपान, स्वास्थ्य चौकीमै सुरक्षित बच्चाको जन्म, खोप, भिटामिन, जस्ता आवश्यक कार्यहरु अवश्यक अनुसार कम्तिमा पनि ८० देखि १०० प्रतिशत सम्म पुरा हुनु पर्ने छ ।
हाल त्रियुगा नगरपालिकामा १५ वडाले मात्रै बालमैत्री वडा घोषाणा गरिसकेको छ भने १३ ले पनि अब चाँडै गर्ने वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।
तालिममा शिक्षक, स्वास्थ्यकर्मी, १८ ओटै टोल विकास संस्थाका अध्यक्ष, बाल समूहका अध्यक्षहरु, जनप्रतिनिधि र अबिभावकहरुको सहभागी रहेको थियो ।
