Saturday, May 16News That Matters

बाली उपचार शिविरमा ५६ समस्या

उदयपुर, फागुन ३० गते ।

रौतामाई गाउँपालिका–४ सल्लेमा विहिबार संचालन भएको बाली उपचार शिविर सम्पन्न भएको छ । खाद्य वस्तु बाली र फलफुलमा देखा परेको रोग र समस्याको पहिचान गर्नका लागी एक दिने शिविर संचालन भएको हो ।

प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरको आयोजनामा शिविर संचालन भएको हो । शिविरमा ५६ वटा समस्याहरु आएको प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरको खरिदार गणेश कार्कीले बताए ।

सुन्तला, कागती, टमाटर, आलु, आरु, आँप, जुनारमा नयाँ खालको फ्रुट फ्लाई, मलखाद्यको अभाव, ढुसीजन्य रोगहरुको प्रकोप देखा परेको खरिदार कार्कीले बताए । बगैँचा व्यवस्थापन, काँटछाट र गोडमेल गर्दा यस्ता रोगहरुबाट बच्न सकिने उनले बताए ।