Saturday, June 27News That Matters

बाह्रविसे पहिरोमा परेका तीन जनाको शव भेटियो

पुर्णपुष्टि,भदौ २८  

शनिवार परेको भारी बर्षका कारण पहिरोमा परेको ३ जनाको शव फेला परेको छ । गएराति  सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता मध्ये तीन को शव फेला परेको हो ।

पहिरोमा २८ जना अझै पनि वेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जनाएको छ ।

पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ भने अहिलेसम्म ११ वटा घरमा क्षति पुगेको प्रहरिले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारकालागि खटिएका छन् ।