Tuesday, April 21News That Matters

बिद्यार्थी बलत्कार गरी गर्भ बनाउने शिक्षक सहित ४ जनालाई १८ बर्ष कैदको फैसाला

पूर्णपुष्टि, माघ १४

धनकुटा नगरपालिकाकी १४ बर्षिया बालिकालाई पटकपटक योण दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका शिक्षक सहित ४ जनालाई धनकुटा जिल्ला अदालतले १८ बर्ष कैद सुनाएको छ ।

धनकुटा–६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १४ बर्षिया बालिकालाई सोही विद्यालयका १ शिक्षकले पटक पटक योण सोषण गरेको आरोपमा शिक्षक सहित घटनामा संलग्न अन्य ४ जनालाई प्रहरीले पक्राउ गरेका थिए ।

अदालतले यौण दुव्र्यबहारमा संलग्न शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई दोषी ठहर गर्दै १८ बर्ष कैद सजाय सुनाएको हो ।

शिक्षक मदन अधिकारीलाई भने १८ बर्ष ६ महिना कैद फैसाला अदालतले तोकेको छ । बलात्कृत बालिकालाई पढाउने शिक्षकसमेत भएकाले अधिकारीलाई संरक्षकका हिसावले अन्य व्यक्तिको तुलनामा थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार राजन वास्तोलाले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ वर्ष ६ महिना कैद तथा अत्री, श्रेष्ठ र मगरलाई १८ वर्ष कैद सजाय तोकेको छ । त्यस्तै चारै जनालाई जनही १ लाख ५० हजार क्षतिपूर्ति र २५ हजार जरिवाना समेत तोकिएको छ ।लामो समय देखि बालिका पटकपट यौणशोषणमा परेको र यसबारे पछि मात्र परिवारमा थाहा भएको थियो । अचानक बालिकाको पेट बढ्दै गएपछि परिवारले सोधपुछ गर्दा रहस्य खुलेको थियो ।

घटना गत जेठ पहिलो साता सार्वजनिक भएको थियो । बालिकाले आफुलाई ललाई फकाई ६ महिनायता विभिन्न ठाउँमा लगेर चार जनाले फरक–फरक समयमा पटक–पटक शारीरिक सम्पर्क राखेको बयान दिएकी थिइन् ।

गर्भवती बालिकाले बच्चा समेत जन्माई सकेकीछिन् । उनि अहिले बच्चा सहित महिला पुनस्र्थापना सेवा केन्द्रको संरक्षणमा बस्दै आएकी छिन् ।