
पुर्णपुष्टि,असोज १९
बुटुवलको एक मृत महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका–१३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको हो

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको पीसीआर परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएकामा आज रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
योसँगै रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

