पूर्णपष्टि, पुष १० । निजी क्षेत्रको अग्रणी विमान कम्पनी बुद्ध एयर प्राइभेट लिमिटेडका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको आईतवार ९३ वर्षको उमेरमा निधन भएको छ । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन् ।
बस्नेतको दुई छोरा एक छोरी छन् । हाल बुद्ध एयरलाई उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेको छ ।
