
पूर्णपुष्टि, बैशाख १४
नेपालमा पनि कोरोनाले बिकरल रुप लिन थालेको छ । संक्रमितको संख्या तिव्र बढिरहँदा प्रसस्त उपचारको सेवा, सुविधा र प्रविधि नहुदा बिरामीले ज्यान गुमाउनु परहेको छ ।
पश्चिम नवलपरासीमा बेड अभावमै एक कोरोना संक्रमित युवाको ज्यान गएको छ । रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवकको अस्पतालमा बेड अभावका कारण उचित उपचार नपाउँदा मृत्यु भएको हो । श्वास फेर्न गा¥हो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएर सामान्य उपचार सुरू गरिएको थियो ।
सिरियस केसको बिरामीलाई प्रसस्त प्रविधिमय सेवाबाट उपचार गर्न नपाउँदा विरामीको ज्यान गएको हो ।
जिल्लामा आइसियु नभएपछि आईसियु भएको हस्पिटलमा उपचार गर्नु पर्ने युवाको बेड अभावका कारण जिल्लाको आईसियु बिहिन अस्पतालमा सामान्य उपचार गरिरहेको अवस्थामा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले बताउनुभयो ।
आईसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन। उनको थप उपचारका लागि भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरेपनि बेड अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएका थियौँ, डाक्टर होदाले भन्नुभयो ।
आफुहरुले बिहानैदेखि भैरहवा र बुटवलको कोभिड अस्पतालमा बेडको व्यवस्था गर्न अनुरोध गर्दै आएका भएपनि बेड उपलब्ध नहुँदा जिल्ला अस्पतालमै राखेर उपचार गरिरहेको अवस्थामा युवाको ज्यान गएको हो ।
मृत युवको बुबा पनि २ दिन अघि मात्रै कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । श्वास फेर्न गा¥हो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएर सामान्य उपचार सुरू गरिएको थियो ।
