Tuesday, July 7News That Matters

बेलकाको रामपुरमा तीन दिने निःशूल्क आँखा शिविर सम्पन्न, दुई हजार बढीले लिए प्रत्यक्ष लाभ

पूर्णपुष्टि, पुष २४ । बेलका नगरपालिकाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा बेलकाको रामपुरमा तीन दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बुधवार देखि बेलका नगरपालिका नगर अस्पताल रामपुरमा निशुल्क अप्रेशन सहितको आँखा शिविर कार्यक्रम सञ्चालनमा आएको हो ।

निःशुल्का सेवा अन्तरगत ओ।पि।डि। सेवा तर्फ १ सय ३ जना, मेडिसिन बितरण तर्फ ७ सय २०, अप्रेसन २ सय ४६ र निशुल्क चस्मा वितरण २ सय ७० जनाले प्रत्यक्ष निःशुल्क सेवा प्राप्त गरेका थिए । गाउँघारमै यस्ता निःशुल्क शिविर आउँदा स्थानीयहरु हर्सित देखिएका छन् ।

शिविरमा रामपुर क्षेत्रका २ हजार २ सय ३९ जनाले प्रत्यक्ष सेवा प्राप्ता गरेका छन् । बेलका नगर प्रमुख असोक कार्कीले त्यहाँका जनताहरुलाई दुष्टीबिहिन मुक्त बनाउन स्थानीय सरकारले ध्यान पुराएको जनाए । बिषेशगरी बुद्धबृद्धाहरुलाई आखाँको मोदी विन्दूहरु कम्जोरी हुने भन्दै त्यस तर्फ निशुल्क आँखा सिविर सम्बन्धि कार्यक्र ल्याईएको जनाए । पैसाको आभावमा दृष्टिविहिन हुन पर्ने अवस्थाको सामधानमा बेलका नगरपालिकाले उक्त सिविरको आयोजना गरेको मेयर कार्कीको भनाई छ । यस सिविरबाट २७० जनालाई चश्मा बितरण, ७२० जनालाई औषधि प्रदान, २४६ जनाको अप्रेअसन १००३ जनालाई ओपिडी सेवा गरि जम्मा २२३९ जनाले प्रत्यक्ष रुपमा निशुल्क आखाँ सेवा सिविरको प्रयोग गरेको मेयर कार्कीले बताए ।