Thursday, May 21News That Matters

बेलकामा दैनिक ३ घण्टा पसल खुल्ने

पूर्णपुष्टि, बैशाख १६ गते । 

बेलका नगरपालिका भित्र रहेका बजारको पसल विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएको छ । आज बसेको सर्वपक्षिय बैठकले अत्यावश्यक खाद्यन्नका पसलहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय गरेको हो ।

कोरोनाका कारण सरकारले चौथो पटक लकडाउन म्याद थपेर आगमी २५ गतेसम्म पु¥यएको छ । कलडाउनलाई व्यावस्थित गर्दै अत्यावश्यक वस्तुका पसल दैनिक तीन घण्टा खोल्ने बैठकले निर्णय गरेको जनाएको छ ।

अत्यावश्यक वस्तुमा औषधी, दुध, मासु,माछा, तरकारी नियम पालना गर्दै विक्रि वितरण गर्ने, हरेक पसलले तीन दिन भित्र मूल्य सुची राखिसक्नु पर्ने, बेचेका सामानको विल अनिवार्य दिनु पर्ने लगायतका सर्तहरु राखिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।

उप–मेयरको अध्यक्षतामा नगुमन समिति गठन, स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न विक्रि वितरणका लागी नगरले सहकारी र निजी क्षेत्रसँग समन्वय गर्ने विकासको काम थाल्ने लगायतका निर्णय भएको उनले बताए ।