पूर्णपुष्टि, पुष ५ । उदयपुरको बेलका नगरपालिका वडा नं. ५ शिखरमाडीमा २ महिने भलिबल प्रशिक्षण हुने भएको छ । स्व.दौलतबहादुर राई, पदममाया राई, चन्द्रकुमारी राई, ईन्द्रबहादुर राई र कृष्ण कमारी राईको स्मृतिमा उक्त प्रशिक्षण हुने भएको हो ।
राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा प्रशिक्षण दिइने सो प्रतियोगिताको उद्घाटन यही पौष १४ गते विहान हुने आयोजक समूहका संयोजक मदन राईले जानकारी दिएका छन् । संयोजक राईका अनुसार नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेल विकासमा केही हदसम्म भएपनि टेवा पुर्याउने उद्देश्यले प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षणमा भलिबल खेल खेल्न रुचाउने जो कोहिले सहभागिता जनाउन सक्ने बताइएको छ ।
