
पूर्णपुष्टि, असोज २७
उदयपुरको बेलका एक वडा दस्यसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बेलका नगरपालिका–९ का वडा सदस्यसहित ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यहि असोज २२ गते ३२ जनाको स्वाब संकलन गरी परिक्षणको लागी प्रादेशिक जनसंख्या प्रयोगशाला विराटनगर पठाईएको थियो । संकलित स्वावमध्ये २४ जनाको रिर्पोट आएकोमध्ये तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
४० वर्षिय पुरुष र २० र २४ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । वडा सदस्य पुरुष रहको पुरुष रहेको जनाईएको छ ।

