Friday, May 22News That Matters

वन गस्तीटोलीको बेलकाका सर्बसाधारणमाथि धरपकड

पूर्णपुष्टि, साउन २९ । 

जिल्ला वन कार्यालय उदयपुरको बन गस्तीटोलीले बेलका नगरपालिका ३ एकताटोलमा सात जना सर्बसाधारणलाई पक्राउ गरेको छ । एक्कासी दुईगाडीमा पुगेको गस्तीटोलीले गाउँलेहरुलाई आतंकित पार्दै सात जनालाई धरपकड गरेको स्थानीयहरुले बताएका छन् ।

तीनदिनअघि घुस खाएका वन कर्मचारीको बारेमा सुचना गरेको प्रतिशोधमा सर्बसाधारणमाथि धरपकड गरेको आरोप स्थानीयहरुको छ । स्थानीय शिक्षक दमन कटुवालले सर्बसाधारणहरु कोही बाटोमा उभिरहेको अवस्थामा, कोही राँगा चराउदै गरेको र कोही तील छरेको बारीमा आली लगाउदै गरेको अवस्थामा गस्तीतोलीले पक्राउ गरेका छन् ।

गस्तीटोलीले स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खालाई पक्राउ परी लगेको छ । उनीहरु सबै वडा नं. ३ कै बासिन्दा हुन् । विनाकारण निर्दोष सर्बसाधारणमाथिको धरपकड गलत रहेको भन्दै स्थानीयहरु आक्रोसित भएको शिषक कटुवालले बताउनुभयो ।

केही दिन अघि वन कर्मचारीले घ्््््््््ुस लिएको सुचना त्यहाँका बासिन्दाले गरेपछि वन कर्मचारी स्थानीयहरुबाट पक्राउ परेका थिए । रामपुर सब डिभिजन कार्यालय र मैनामैनी सव डिभिजन कार्यालयका दुइजना अधिकृतसहित छ जना हाल अख्तियारको पञ्जामा परेका छन् । अख्तियारले हिजै मात्र लगेका छन् उनीहरुलाई ।

नगरपालिकाको उत्पादन क्षेत्रभित्र पर्ने उक्त ठाउँ बनको नभई नदि उकास भएको नगरपालिकाको दावी छ । त्यस्तो ठाउँमा अहिले उनीहरुले कुनै पनि वन फडानी नगरेको र रुख नकाटेको अवस्थामा पक्राउ गर्नुले वन कर्मचारीको घुसकाण्डको प्रतिशोधका कारण धरपकड भएको स्थानीयको ठहर छ ।

नगरपालिकाका मेयर दुर्गाकुमार थापाले वन गस्तीटोलीको धरपकटका कारण सर्बसाधारण जनता आतंकित भएको बताउनुभयो । वनले अहिले त्यस किसिमको धरपकड गर्नुपर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ, बेलकाका अध्यक्ष मनोज तामाङले त्यस क्षेत्रका बासिन्दाहरुले परम्पराकै रुपमा पनि तील छर्ने गरेका छन् । तील रुग्न बसेका र अवादी बारीको रेखदेखमा बसेकाहरुलाई धपकड गरेको बुझिएको उहाँले बताउनुभयो । वन कार्यालयले राम्ररी सोधपुछ गरी बुभ्mनुपर्ने र निर्दोष सर्बसाधारणलाई फसाउन नहुने बताउनुभयो ।

डिभिजन वन कार्यालय गाईघाट उदयपुरका प्रमुख अम्बिका प्रसाद पौडेलले गस्तीटोलीले वन अतिक्रमणको ब्यापक गुनासो आइरहेको र त्यस्ता गलत कार्य रोक्ने उद्देश्यले उनीहरुलाई पक्राउ गरेको बताउनुभयो । पक्राउ परेका उनीहरुमाथि वन कार्यालयको कुनै प्रतिशोध नरहेको  उहाँले बताउनुभयो । आज अबेर ल्याईपुर्याईएका उनीहरुलाई राती बन हिरासतमै राखेर भोली सोधपुछ गरिने र निर्दोष पाइएमा छाडिने बताउनुभयो । त्यस क्षेत्रमा वन अतिक्रमण तथा वन चोरी तस्करीमा केही गिरोह नै सक्रिय रहेकाले वनले गस्तीलाई तिब्रता दिएको पनि उहाँले बताउनुभयो ।