Monday, May 18News That Matters

बेलायत, फ्रान्स लगायतका केहि देशले विद्यालय खोल्ने तयारी

पूर्णपुष्टि, भदौ १६

बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरुले विद्यालय खुलाउने तयारी गरका छन् । गत हप्ताबाट कोरोना संक्रमणको दर केही घटेपछि सुरक्षाका उपायसहित आउँदो हप्ताबाट बालबालिकाहरुलाई विद्यालय फर्काउने तयारी सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउन तथा प्रतिबन्धले लामो सयमदेखि विश्वका धेरै बालबालिका घरमै बस्न बाध्य भएका छन् । घरबाट वैकल्पिक पढाइको व्यवस्था भए पनि त्यो बालबालिकाका लागि प्रभावकारी नभएको गुनासो बढिरहेको छ ।

यसैबीच गत २४ घण्टामा मात्रै दुई लाख ३५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा मात्रै करिब ६९ हजारमा कोरोना संक्रमण पुष्टि भएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख १८ हजार नाघ्दा आठ लाख ५४ हजारभन्दा धेरैको मृत्यु भएको छ भने एक करोड ७९ लाख १७ हजारभन्दा धेरै निको भएका छन् ।