Friday, May 22News That Matters

बेलायतको बर्मिङ्घममा चक्कु आतंक

पूर्णपुष्टि, भदौ २१

बेलायतको बर्मिङ्घम सिटी सेन्टरमा चक्कु आतंक भएको छ । सिटी सेन्टरमा कैयौँ व्यक्तिमाथि चक्कु प्रहार भएको हो ।
यस घटनालाई स्थानीय प्रहरीले ठूलो घटनाको संज्ञा दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो आक्रमण कसले गराएको र आक्रमणमा कति जना, कुन हदसम्म घाइते भए भन्ने कुरा अहिलेसम्म खुलिनसकेको जनाईएको छ ।

घटनामा कैयौँ व्यक्ति घाइते भएको खबर प्राप्त गरेको प्रहरीले जनाएको संचारमाध्यमहरुले जनाएका छन् । तर कति जना घाइते भए र कस्तो अवस्था छ भन्ने स्थितिमा थाहा नभएको जनाईएको छ ।

प्रहरीले घटनास्थलमा आपत्कालीन सेवाको प्रबन्ध गरिएको र घाइतेहरुको उपचार सुरु गरिएको जनाएको छ । प्रहरीले स्थानीयहरुलाई शान्त र सतर्क रहन आग्रह गरेको जनाईएको छ ।