
झापा, भदौ २१ गते ।
झापामा बोक्सिको आरोपमा यातना दिने दुई जना पक्राउ परेका छन् । गत १९ गते राती करिब पौने ११ बजे स्थानिय एक महिलालाई बोक्सिको आरोपमा यातना दिएको आरोपमा पक्राउ परेको हो ।
स्थानिय महिलालाई बोक्सिको आरोप लगाउँदै पुन्यू तताएर अनुहार र हातमा डाम्ने ४० वर्षीय कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महिलाले गत २० गते विहन ८ बजे प्रहरीमा जानकारी गराएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
