पूर्णपुष्टि, पुुस २३ । शनिवार गाईघाटमा त्रियुुगा साना शहरी तथा सरसफाई उपभोक्ता (संस्था) समिति को तेह्रौ सधारणसभा तथा अधिवेशन भएको छ । खुल्लासत्रको उद्घाटन प्रदेश सांसद सिर्जना दनुवारले गर्नुभयो । खुल्लासत्र पछि आजै बन्दशत्र सञ्चालन गरिएको छ । बन्दशत्रमा आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत भएको छ । अधिवेशनले नयाँ पदाधिकारी बनाउनेछ । सर्बसहमतको अवस्था नभएमा आजको बन्दशत्रले निर्बाचन मिति तोकेर जाने जनाइएको छ ।
जिल्ला सदरमुुकाम क्षेत्रलाई समेटेको एकमात्र खानेपानी आयोजना सञ्चालन गरेको सो समितिमा करिब तीन हजार उपभोक्ताहरु रहेका छन् । बोक्से, रातमाटे, गाईघाट बजार र विभिन्न टोलबस्तीमा विस्तार भएको खानेपानी स्वच्छ, सुलभ र नियमित गराउने मुुद्दासहित नयाँ कार्यसमितिका इच्छुुकहरुले आफुलाई प्रस्तुत गर्न थालेका छन् ।
खुल्लासत्रलाई सम्बोधन गर्दै प्रमुुख अतिथि तथा अतिथिहरुले उपभोक्तालाई स्वच्छ पानी खुुवाउने र नियमित र सुुलभ बनाउनेलाई नेतृत्व चयन गर्न सुुझाएका छन् । विभिन्न विवाद, झमेला र मुुद्दामामिलासमेत ब्यहोर्दै आएको समिति हालसम्म निर्वाद रुपमा सञ्चालन हुन सकेको छैन । सञ्चालक समिति चुुस्त दुुरुस्त नहुँदा समिित ऋणमा डुुब्दै गएको छ ।
पदाधिकारी चयनमा काम गर्ने भन्दा बढि राजनीतिकरण हुने र पदाधिकारी जितिसकेपछि उपभोक्ताप्रति जवाफदेखि नहुदे दुर्दसा हुने गरेकोछ । यसै कुुरालाई मध्येनजर गर्दै यसपटक नयाँ पदाधिकारी चयनमा लाग्नुपर्ने सुुझाव उपभोक्ताहरुलाई आएको छ । नयाँबस्तीको मैदानमा भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, नागरिक समाज, बुछिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
