Thursday, May 7News That Matters

बोलेरो अरुण नदिमा खस्दा ६ जना बेपत्ता

संखुवासभा, असोज १ गते ।

संखुवासभाको धर्मदेविमा बोलेरो दुर्घटना हुदा छ जना बेपत्ता भएका छन् । धर्मदेवि नगरपालिका–८ को अक्कर भिरबाट बोलेरो खस्दा अरुण नदिमा बेपत्ता भएका हुन् ।

विरामी बोकेर उपचारको लागि खाँदबारीबाट धरान तर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गतराती पौने ११ बजे भिरबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनमा खादबारी नगरपालिका–९ ढुङगेधारा निबासी २४ वषीय संगम श्रेष्ठ उनको श्रीमती २३ वर्षीया सदिछा श्रेष्ठ, अढाई महिनाको छोरा समिर श्रेष्ठ, २४ वर्षीय प्रमेश थापा मगर, उनका भिनाजु खोटाङ मास्तीम घर भई हाल खादबारी नगरपालिका–९ ढुङगेधारा ससुरालीमा बस्दै आएका २९ वर्षीय खबरमान पिठाकोटी र बोलेरो चालक २५ वर्षीय सन्तोष बि.क. बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी घटना स्थल पुगी बेपत्ता भएकाहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासबाले जनाएको छ ।