
पूर्णपुष्टि, जेठ ३ गते ।
कोरोना भाईरसको महामारी विरुद्ध सरकरले गरेको काम प्रति असन्तुष्टि जनाउदै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले पदबाट राजीनामा दिनुभएको छ । कोरोना नियन्त्रणमा भइरहेका काममा चित्त नबुझेपछि स्वास्थ्यमन्त्री तेइचले जिम्मेवारी सम्हालेको झण्डै एक महिनामा नै राजीनामा दिएको जनाईएको छ ।
कोरोनाको महामारीकाबीच राष्ट्रपति जायर बोल्सोनारोले जिम र ब्यूटीपार्लर खुलाउने निर्णय गरेपछि मन्त्रि तेईचले असन्तुष्टि जनाउनु भएको थियो । तर उहाँले पत्रकार सम्मेलनमा आफ्नो राजीनामाबारे केही पनि खुलाउनु भएको छैन ।
राष्ट्रपति जायर लकडाउनको विपक्षमा हुनुहुन्छ भने मन्त्री तेईच त्यसको विपक्षमा रहेको संचारमाध्महरुले जनाएको छ । गत मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्यमन्त्री बनाउनु भएको थियो ।
ब्राजिलमा अहिलेसम्म २ लाख १८ हजार २ सय २३ जना संक्रमित छन् भने १४ हजार ८ सय १७ जनाको मृत्यु भईसकेको जनाईएको छ ।
