
पूर्णपुष्टि, साउन २६
कोरोना भाईरसको संक्रमणबाट ब्राजिलमा एक लाखभन्दा धेरैको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणबाट अति प्रभावितको दोस्रो देश ब्राजिलमा एक लाख एक हजार ४९ जनाको मृत्यु भएको हो ।
ब्राजिलमा कुल सङ्क्रमितको संख्या ३० लाख ३५ हजारभन्दा धेरै पुगेको छ । अमेरिकापछि सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या ब्राजिलमा हो ।
ब्राजिलमा तीन महिना ५० हजार मानिसको मृत्यु भएको थियो । पछिल्ले ५० दिनमा ५० हजारभन्दा धेरैको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै पनि उच्च तहमा रहे पनि त्यहाँ पसल तथा रेस्टुरेन्टहरु खुलिसेकका छन् ।
राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई सामान्य रुपमा लिनुभएको छ । आफैँ पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका उहाँले राज्यका गभर्नरहरुले लकडाउन गरे पनि त्यसको विरोध गर्दै आउनुभएको थियो । उहाँ बिना मास्क पनि समर्थकहरुको भिडमा उपस्थित हुने गर्नुभएको छ ।
