Friday, May 22News That Matters

भन्सारका काम अनलाइनबाटै

पूर्णपुष्टि, साउन ३१

कोरोना भाइरसको महामारीलाई मध्य नजर गर्दै भन्सार विभागले अधिकांश काम अनलाइनबाटै सञ्चालन गर्ने भएको छ ।

सरकारले ५० प्रतिशत कर्मचारी मात्रै कार्यस्थलमा उपस्थित हुने र बाँकीले घरबाटै काम गर्न भनेकाले इमेल या भर्चुअल माध्यमबाट काम गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । विद्युतीय माध्यमबाट सम्भावना नहुने र बढी जनसम्पर्क हुने काम भने तत्कालको लागि स्थगित भएको छ ।

नीति महसुल तथा छुट वर्गीकरण शाखाको काम इमेलबाटै हुनेछ । कुनै द्धिविधा भएमा विभागले सम्बन्धित अधिकारीलाई फोन गरेर बुझ्न सकिनेछ । सेवाग्राही सहजीकरण शाखाका काम पनि इमेलबाटै हुनेछन् ।

यसको लागि पनि विभागले प्रक्रिया र सम्बन्धित व्यक्तिको फोन नम्बरसमेत सार्वजनिक  गरेको छ । तर कोड खारेजी गर्ने, बैंकमा राखिएको ग्यारेन्टी परिवर्तन या रकम फुकुवा गर्ने कार्य र खरिद, निर्माण सेवा, परामर्श र मौजुदा सूचीदर्ताको कार्य भने अहिलेको लागि स्थगित गरिएको जनाएको छ ।