पूर्णपुष्टि, पुष २६ गते ।
संखुवासभाको पाचखपन नगरपालिका–१ बाट भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ३८ बर्षीय टेक बहादुर राई रहेका छन् ।
घरमा नै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाको आधारमा राईलाई ईलाका प्रहरी कार्यालय वानाले पक्राउ गरेको हो । गत २० गते भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बिष्फोटक पदार्थ सहित राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
