
पूर्णपुष्टि, फागुन १४
आज भारतका करिब ८ करोड खुद्रा व्यापारीका संगठन कन्फडरेशन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी) र यातायातको संगठन अल इन्डिया ट्रान्सपोर्टर्स वेलफेयर असोसिएशनले भारत बन्दको आह्वान गरेका छन् ।
भारतका खुद्रा पसले अमेजनजस्तो रिटेल चेनको बढ्दो प्रभाव र कथित मनमानीबाट अक्रोसित भएका छन् । उनीहरु वस्तु एवं सेवा कर (जीएसटी) मा परिवर्तनको पनि माग गरिरहेका छन् भने यातायात व्यवसायी पेट्रोल–डिजेलको बढ्दो मूल्य र ई–वे बिलमा आएको समस्याले आक्रोसित भएका छन् ।
राज्यका थुप्रै व्यापारी संगठनले पनि उक्त मागको समर्थन गरेका छन् । एआईटीडब्ल्यूएले आज बिहान ६ बजेदेखि ८ बजेसम्म चक्का जामको घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
