
कात्तिक २१ गते ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले भर्खरै जारी गरेको नक्सा स्वीकार्य नहुने बताएका छन् । पोखरामा विहिबार नेकपा अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग भने ‘ भारतले जुन खालको नक्सा सार्वजनिक ग¥यो नेपाललाई मान्य छैन ।’
लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘यो गलत हो, यसबारे पुनर्विचार गरिनुपर्छ ।’ भनेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन ।’
भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको छ । यसबारे सरकार बोलिसकेको छ । नेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एक ठाउँमा उभिने अध्यक्ष दाहालले बताए । उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा केहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’
सरकारले पनि भारतीय नक्सा अस्वीकार गरिसको छ । अब दुई देशबीच सम्वाद हुने अध्यक्ष दाहालले बताए । ‘अब कुरा हुन्छ भनेर सरकारले ग्यारेन्टी गरिसक्यो । यो अगाडि बढ्छ,’ उनले भने ।
