Friday, May 22News That Matters

भारतबाट अब आउने सलहले ठूलो नोक्सानी गर्न सक्ने, सावधानी अपनाउन विज्ञको आग्रह

पूर्णपुष्टि, साउन ४

भारतबाट अब आउने सलहको झुण्डले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् ।

भारतीय सिमावर्ती क्षेत्रमा १५,२० करोडको संख्यामा सलहको झुण्ड रहेको र त्यसमध्ये आधा मात्रै नेपाल आए भने पनि धेरै क्षति गर्न सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रले जनाएको छ । तर त्यसमध्ये कति नेपाल आउँछन् र कत्रो झुण्डमा आउँछन् भन्नेमा भर पर्ने जनाईएको छ ।

भारतको राजस्थानमा रहेको यी सलहको झुण्ड मौसम अनुकूल भएमा भोलितिर नेपाल प्रवेश गर्ने सम्भावना भएको जनाईएको छ । भोलिदेखि हावाको दिशा दक्षिणबाट उत्तरतिर बहने र तीब्र बेगमा बहने हुनाले नेपाल आउनसम्भावना भएको केन्द्रले जनाएको छ ।

नेपालमा मनसुन थप सक्रिय भैरह्यो भने भोलि नआएर अर्को २, ३ भित्र पनि आउन सक्ने जनाएको छ । यी झुण्ड नेपाल आउँदा पश्चिम तराईबाट आउने भएकाले पश्चिम तराईका किसानले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।

सलहको झुण्ड आउने सम्भावना भदौसम्म नै भएको जनाइएको छ । यस्तै केही दिनअघि नेपालमा आएका सलहका झुण्ड भने सुर्खेतको छिन्चुमा रहेका छन् । सुर्खेतका केही ठाउँमा तरकारी र आँपमा नोक्सानी गरेको थियो ।